बनगाड कुपिन्डे नगरपालिकामा हाकिमको मनोमानी, सम्पन्न भएका याेजनाकाे भुक्तानी पाउनै सास्ती
दुर्गा विसि / बैशाख ११, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा काम सम्पन्न भएका योजनाको भुक्तानी पाउन पनि उपभोक्तालाई सास्ती भएको छ । नगरका १ सय ९३ वटा याेजना मध्ये अहिलेसम्म ७० वटा भन्दा वढि याेजना सम्पन्न भैसकेको भएपनि सम्पन्न भएका याेजनाकाे भुक्तानिका लागी उपभोक्ता नगरपालिका धाउँदाधाउँदा हैरान भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिकामा नयाँ कार्यकारी मनाेज रेग्मी अाए देखि झनै काममा सुस्तता वढेकाे छ । “याेजना सम्पन्न भैइ भुक्तानी लिन धाउन थालेको मंसिर देखि हाे”, जनता प्रावि अाँपखाेली घेरवार वाल उपभोक्ता समितिका सिमल भाटले भने – “अहिलेसम्म १५ पटक गैसके तर भाेलि अाउनुहाेस भनेर फिर्ता पठाउदा हैरान भैयो ।”
त्यसै काम सकिएको ४ महिना सम्म पनि भुक्तानी नपाउदा काम गराउदा कारेको पैसाको व्याज तिरिरहेकाे अर्को समितिका पदाधिकारी तथा स्थानीय प्रकाश वस्नेत भनाइ रहेको छ ।
नगरमा नयाँ हाकिम अाए पछि कामकाजमा छिटाेछरिता हाेला भन्ने आशा गरिए पनि कार्य सम्पादनका कुरामा समेत हाल आएर गति शुन्य भएको छ । नगरका कार्यकारी रेग्मी कमै समय मात्र कार्यालयमा वस्ने तथा कामहरू अरु अरुलाइ पन्छाउने र अाफु उम्मिने दाउमा रहेका छन ।
टेवुलमा फाइल लिएको मन नपराउने हाकिमका कारण काम सुस्त छ । सेवाग्राही मारमा छन् । हरेक उपभोक्त समितिका भुक्तानीका कामकाज ठप्प रहेका छन् ।
गाउँमा सयकडा ५ प्रतिशतका दरले व्याज तिरिरहेका उपभोक्ता अहिले हैरानीमा परेका छन् । “नपाउने ठुलो दुख पाइयो । एक दिनमा हुने काम ४ दिन लगाइन्छ।” वडा नं १२ निगालचुलाबाट ५ घण्टा हिडेर नगरमा पुगेका अर्को स्थानीयकाे पनि त्यसै दुखेसो थियोे ।
कार्यालयमा यस्तो हुनुमा सबै दाेष नगरका कार्यकारीको भएको अन्य कर्मचारीहरुकाे भनाइ छ । स्थानीय तहमा नयाँ र अनुभव कम भएका प्रशासकीय प्रमुखका कारण भुक्तानीका सवालमा जटिलता थपिएको हो । हुने भन्दा नहुने नियम थुपारेर उपभोक्ताले ठुलो सास्ती खेपिरहेकाे जनाईएको छ।
विगतका वर्षहरुमा यस्तो अवस्था थिएन तर अहिले आएर उपभोक्तले भुक्तानीका कुरामा दुख झेलिरहेका छन् भने भुक्तानी समेत पाउन सकिरहेका छैनन् । हरेक काममा छिटोछरितो भन्दा झन्झटिलो वनाउने प्रबृतिले यहाँका स्थानीयले नगरबाट पाउने सेवामा दुख झेलिरहेका छन् ।
नगरका १ सय ९३ वटा याेजनामा हाल सम्म ७० वढि याेजना सम्पन्न भैसकेका छन् भने अहिलेसम्म जम्मा २ वटा याेजनाकाे मात्रै भुक्तानी भएको वुझिएको छ । नगरपालिकाको कार्यलयमा अधिकतम कम वस्ने हाकिमका कारण हाल नगरका कामकाज लथालिङ्ग अवस्थामा भएपनि जनप्रतिनिधिकाे ध्यान त्यसतर्फ जान सकिरहेको छैन ।
सेवाग्राहिले अनावश्यक सास्ती झेलिरहँदा पनि जनप्रतिनिधि मौन छन् । मंसिरमा सम्पन्न गरेका याेजनाकाे भुक्तानी हालसम्म पनि हुन सकिरहेको छैन । नगरमा धाउँदा धाउँदै उपभोक्ता हैरानी परेका छन् ।
प्रतिकृया दिनुहोस्