December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
बनगाड कुपिन्डेमा काेभिड- १९ विरुद्धकाे तयारी शुन्य, स्वास्थ्य शाखा तालिम र सेमिनारमै व्यस्त

बनगाड कुपिन्डेमा काेभिड- १९ विरुद्धकाे तयारी शुन्य, स्वास्थ्य शाखा तालिम र सेमिनारमै व्यस्त

दुर्गा विसि / बैशाख १२, सल्यान । बनगाड कुपिन्डे नगरपालिकाको स्वास्थ्य शाखा यतिबेला काेभिड-१९ काे रणनीतिक याेजनामा जुट्नु पर्ने हाे ।

किनभने भारतबाट आएका नागरिक गाउँमा गाउँमा धमाधम बिरामी पर्न थालेका छन् । काेभिडकै कारण भारतबाट आएका बनगाड कुपिण्डेका वडा नं. ३ का ५६ वर्षिय एक नागरिककाे काेहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । भारतबाटै मजदुरी गरि घर फर्केका सल्लीबजारका एक युवामा लक्षण सहितकाे काेराना देखिएको छ ।

विडम्बना बनगाड कुपिन्डे नगरपालिकामा भने एउटा पनि आइसुलेसन नहुदा यहाँका संक्रमित घरकै आइसोलेसनमा बस्न बाध्य भएका छन् । शनिबार मात्रै सल्लीबजारका एक व्यापारीमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका नागरिक गाउँमा धमाधम बिरामी परेको खबर छ । अधिकांसलाइ रुघाखोकी र ज्वरो नै छ । नत उनिहरुकाे चेकजाँच छ नत कुनै वास्ता देखाईएको छ ।

भारतबाट आएका नागरिक १० दिनसम्म हाेम क्वारेन्टाइनमा वस्नुपर्ने हो तर आएकै दिन देखि परिवारकाे सम्पर्क त टाढा जावस खुलमखुला घुमिरहेकाे देखिन्छ । यस तर्फ स्थानीय सरकार वेखबर छ । हाल भारतबाट आएका नागरिक कति अाए ? काे विरामि परे भन्ने कुराको नै अताेपत्ताे छैन ।

यस विषयमा नगर स्वास्थ्य शाखाले चरणवद्द रणनीतिक काेराेनासँग लड्ने याेजना तय गर्नु पर्ने हाे तर नगरपालिकाको स्वास्थ्य शाखालाई भने एक महिना देखि तालिम र सेमिनार वनाउनै ठिक्क छ । जनताको जिउ ज्यानमा यतिखेर स्थानीय तह निकै टड्कारो रुपमा लाग्नुपर्ने हाे । गत वर्षको यही समयमा बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएका नागरिक व्यवस्थापनमा राम्रो भुमिका खेलेको थियोे । विडम्बना ! यसपालि भने कुनै चासो दिन सकिरहेको छैन ।

गतवर्ष भन्दा दोस्रो फेजमा नेपालमा फैलिदै गरेको काेराेनाले जटिल रुप लिन थालेको छ । छिमेकी जिल्ला नेपालगञ्ज बाँकेमा दिनुह मर्नेको संख्या ह्वात्तै वढेकाे छ । साेहि क्षेत्रबाट नागरिक अाउने जाने झन वढेकाे छ । स्थानीय तह भने यतिबेला वेखबर वनेकाे छ । काेराेना संक्रमित बिरामी घरमै वसेका छन् ।नगरले हालसम्म आइसुलेसन कक्षको तयारी थालेकाे छैन ।

भिडभाड वढेकाे छ । विद्यालयहरुमा विद्यार्थी एउटै कक्षामा सय वढि राखेर पढाउन परिरहेको छ । पढ्ने र पढाउनेहरुका लागि नत मास्क छ, नत सामाजिक दुरि कायम छ । बनगाड कुपिण्डेका अन्य सबै कर्मचारीले कोभिड विरुद्धको भ्याक्सिन पाए पनि अन्यायपूर्ण तरवरले शिक्षक कर्मचारीले त्यो भ्याक्सिन लगाउन त के देख्न सम्म पाएनन् ।

अस्पतालहरुमा नागरिकका लागि प्रयाप्त औषधी छैन । स्वास्थ्य शाखामा महिनौ दिन देखि तालिम र गाेष्ठिमा वजेट सक्ने काम भएको छ । अहिलेकाे याे विषम परिस्थितिमा काेभिड – १९ बाट अाफ्ना नागरिक बचाउन सबै जुट्नुपर्ने अवस्थामा लापरबाही वढिरहेकाे छ । तालिम र गाेष्ठि भन्दा काेभिड नियन्त्रण महत्त्वपूर्ण हुने स्थानीयकाे भनाइ रहेको छ ।

बनगाडले काेभिडमा गत वर्ष क्षत्रेश्वरि गाउँपालिबाट भाडामा एम्बुलेन्स ल्याएको थियोे । याे वर्ष भने नगरले खरिद प्रक्रिया सुरु गरेको झण्डै डेढ वर्ष पछि एम्बुलेन्स खरिद त गर्याे तर सञ्चालनमा ल्याएको छैन । कागजात मिलाउन बाँकी नै रहेकोले उक्त एम्बुलेन्स सञ्चालनमा आएको छैन ।