बनगाड कुपिण्डे नगरपालिकामा ४ बर्षपछि शिक्षा समिति गठन, शिक्षा क्षेत्रकाे अवस्था भने हरिविजाेग
दुर्गा विसि / चैत्र १०, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा निकै ढिलाइ गरि शिक्षा समितिले पुर्णता पाएकाे छ । स्थानीय तह निर्वाचन पश्चात् गठन भएको समिति विवादका विच विघटन भैइ पुन: ४ वर्ष पछि गठन भएको छ । नगर प्रमुख गाेविन्द कुमार पुनकाे संयोजकत्वमा समितिले पुर्णता पाएको हो।
नगर शिक्षा समिति सदस्यहरुमा दलित महिला सदस्यमा चन्द्रकला सुनार, महिला सदस्यमा वेलमति वली समाजसेवि तथा शिक्षा प्रेमीबाट विन्दु सुनार, विषयगत समितिका सभापति तथा वडा अध्यक्ष कुलवहादुर पुरी, अपांग शिक्षक तर्फबाट रुपलाल वुढाक्षेत्रि, सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तर्फबाट महेन्द्र मावि आँपचौरका लाेगवहादुर वुढा, संस्थागत विद्यालय तर्फका सुवास शाह, शिक्षक महासंघ नगर अध्यक्ष अकबर वहादुर पुन, प्रमुख प्रशासकिय अधिकृत मानेज रेग्मी र सदस्य सचिव नगर शिक्षा अधिकारी चक्रवहादुर रावत रहनु भएको जनाईएको छ ।
कार्यकाल सकिनै थाल्दा नगर शिक्षा समितिले पुर्णता पाएकाे भए पनि नगरमा शिक्षाको अवस्था भने वेजाेग छ । राजनीति दवदवाले रिक्त दरबन्दीमा बर्षौंसम्म शिक्षक पदपूर्ति हुन सकेको छैन भने दरवन्दि विहिन विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । निजि स्रोतका शिक्षकले विद्यालय स्थापनाकाल देखिको पूरा तलव खानपाइ रहेका छैनन् ।
कति विद्यालहरु कार्यलय सहयोगीकाे भरमा सञ्चालन भैरहेका छन भने कुनै विद्यालयहरु एक जना शिक्षकले १-५ सम्म थामिरहेका छन् । विद्यालयहरुमा भौतिक पुर्वाधार, घेवार, खानेपानी र शौचालय जस्ता समस्या जिउका तिउ छन् । कार्यकाल ४ वर्ष वित्दा समेत शिक्षा क्षेत्र जनप्रतिनिधिकाे प्रमुख प्राथमिकतामा पर्न सकेन ।
प्रतिकृया दिनुहोस्