नेपाल राष्ट्रिय शिक्षक संगठनको बनगाड कुपिन्डे नगर अध्यक्षमा घर्ती चयन
दुर्गा विसि / चैत्र २८, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नगर स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा पुनः नारद घर्ती चयन भएका छन् । अाज भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको नगर स्तरीय दोस्रो अधिवेशनबाट घर्ती चयन भएका हुन ।
त्यस्तै उपाध्यक्ष मातृकाप्रसाद डिसि,महिला उपाध्यक्षमा निर्मला भण्डारी, सचिवमा हिरालाल गौतम, स-सचिवमा पवित्रा शर्मा, कोषाध्यक्षमा छविलाल राना, स-काेषध्यक्षमा चित्रकला शर्मा गरि २७ सदस्य कमिटि गठन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष गाेविन्द कुमार पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, संगठनका पूर्व जिल्ला उप सचिव गणेश विसि, जिल्ला कमिटी सदस्य राजिव वुढा, भाेला पुन, महासंघका जिल्ला सदस्य चेतलाल पोख्रेल, कमला आचार्य लगाएत बक्ताले धारणा राखेका थिए।
बनगाड कुपिण्डे नगरपालिका भित्रमा १ सय ५५ जनाले संगठनको सदस्यता नविकरण गरेको र अाजकाे कार्यक्रम १ सय वढिकाे उपस्थितिमा दोस्रो नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ । संगठनका नगर अध्यक्ष नारद घर्तीको सभा अध्यक्षतामा भएको कार्यक्रममा सचिव छवि पुनले कार्यक्रमको सञ्चालन गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्