May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
सल्यानमा कांग्रेस, एमाले र विप्लव नेकपाका पत्रकार संगठनहरू बीच चुनावी गठबन्धन

सल्यानमा कांग्रेस, एमाले र विप्लव नेकपाका पत्रकार संगठनहरू बीच चुनावी गठबन्धन

चैत २२, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ नेतृत्व र कार्यसमिति चयनको लागी हुने निर्वाचनमा सल्यानमा नेपाली कांग्रेस, एमाले (केपि) र विप्लव नेकपाका पत्रकार संगठनहरू बीच चुनावी गठबन्धन भएको छ ।

यही चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरेर आइतबार सल्यानमा नेपाली काँग्रेस निकट प्रेस युनियन, एमाले केपि निकट प्रेस चौतारी र विप्लव नेकपा निकट जन पत्रकार संगठन बीच चुनावी गठबन्धन भएको हो । युनियन अध्यक्ष रेशम डिसी, चौतारीका अध्यक्ष सन्तोष घर्ती र जान पत्रकारका अध्यक्ष योगराज विश्वकर्माले संयुक्त बक्तव्य निकालेर गठबन्ध भएको जानकारी गराएका छन् ।

गठबन्धन बाट प्रेस युनियनका नवीन पौडेललाई महासंघको सभापति पदको उम्मेद्वार बनाइएको छ भने उपाध्यक्षमा प्रेस चौतारीका शंकर केसी र महिला उपाध्यक्षमा जनपत्रकारकी पुष्पारिजन डिसीलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै सचीवमा विप्लव निकट खकेन्द्र केसी रहेका छन भने सहसचिव युनियनकाआशिष् केसी, समाबेशी सहसचिवमा चौतारीका चुडामणि पुन र कोषाध्यक्षमा जनपत्रकारकै बिरेन्द्र डिसी रहेका छन ।

त्यस्तै सदस्यहरूमा हरि प्रकाश पुन (एचपी मगर), खेमराज सुनार, श्रवन देवकोटा, क्रितिराज वली, नोखिराम थापा, लोकमान चन्द, पदम गिरी र गोबिन्द शर्माले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै गठबन्धन बाट केन्द्रिय परिषद सदस्यमा सनतकुमार शर्मा धनराज तुफान, योगराज विश्वकर्मालाई बनाउने सहमति भएको छ भने प्रदेश परिषद सदस्यमा झनक बहादुर केसी, गोबिन्द उपाध्याय र इश्वरी प्रकाश केसीलाई पठाउने सहमति भएको बताइएको छ ।