January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्युु, दर्जनौं घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्युु, दर्जनौं घाइते

चैत २०,घोराही । दाङमा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार घोराहीबाट लमहि तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस लमही – घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । उनिहरूको घटनास्थलमै ज्यान गएको हो भने अन्य दर्जन यात्रु घाइते भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको र घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाकी छ ।