May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
रुकुम पश्चिममा यात्रुबाहक बस दुर्घटना

रुकुम पश्चिममा यात्रुबाहक बस दुर्घटना

२४ चैत, रुकुम पश्चिम ।

रुकुम पश्चिममा यात्रुबाहक बस दुर्घटना भएको छ।
बस दुर्घटना हुदा ८ जना घाईते भएका छन ।

बिहिबार बिहान साढे ९ बजे जिल्लाको सानीभेरी गाउँपालिका सिम्लीबाट काठमाडौको लागि छुटेको बा ३ ख ९६६५ नम्वरको बस मुसिकोट नगरपालिकाका ७ किटनीमा दुर्घटना भएको र बस सडकबाट हुत्तिएर सडक छेउको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

बसमा सवार २२ जना मध्ये ८ जना घाईते भएको उहाँले जानकारी दिनुभयो । घाईते भएकाहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण बारे अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज