May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
अपडेट : जन्ती बोकेको गाडी पल्टिँदा घाइ’ते भएका थप एक जनाको पनि मृत्यु

अपडेट : जन्ती बोकेको गाडी पल्टिँदा घाइ’ते भएका थप एक जनाको पनि मृत्यु

• मनाेज डाँगी

मंसिर १३, रुकुम पश्चिम । शुक्रबार साँझ रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ती बोकेको गाडी पल्टिँदा घाइते एक जनाकाे पनि उपचारको क्रममा निधन भएको छ ।

आठबिसकोट नगरपालिका ८ बस्ने ५८ बर्षका लाल बहादुर नेपालीकाे थप उपचारको लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

उपचारको लागी नगर अस्पताल आठबिसकोट लगिएको र थप उपचारको लागी नेपालगन्ज लैजादै शनिबार विहान ३ बजे जाजरकोटको कुदु भन्ने स्थानमा मृ’त्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक हरि बहादुर ओलीले जानकारी दिएका छ्न ।

याे सँगै उक्त घटनामा ज्यान गुमाउनेकाे संख्या पाँच पुगेको छ ।

मृ’त्युु हुनेमा आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपाली, रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार शुक्रबार बेलुका ८ः३० वजेको समयमा आठबिसकोट न.पा. वडा नं. ०८ दाजेबाट १०-१२ जना जन्ती बोकेर गएको रा १ ज ५८९ नम्बरको जीप सोही पालिकाको वडा नं. १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडक देखि अन्दाजी १०० मिटर तल खसेको थियो ।

जीप राेकेर राखेको समयमा चिप्लिएर बाटो बाट तल खसेको स्थानीयबासिले बताएका छन । गाडी बाट मान्छेहरु झर्दै गरेको समयमा शुक्रबार साझ ८:३० बजेको समयमा गाडी खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीका अनुसार खसेको गाडिका चालक आठविसकोट ९ बस्ने अन्दाजी बर्ष २७-२८ को डिल्ली बहादुर नेपाली फरा,र रहेको छन् ।

शुक्रबार, घटना लगत्तै प्रहरी निरिक्षक लाल बहादुर सुनारको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा खटि उद्धा’र कार्य गरेको गरेको थियो ।

यो पनि पढ्नुहोस :

जन्ती बोकेको गाडी पल्टियो, चार जनाको घट’ना स्थलमै मृ’त्यु