September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सल्यानमा यात्रुबहाक बस दुर्घटना (घाइतेहरुको विवरण सहित)

सल्यानमा यात्रुबहाक बस दुर्घटना (घाइतेहरुको विवरण सहित)

जेठ १३, सल्यान

सल्यानमा बस यात्रुबहाक बस दुर्घटना भएको छ ।

रोल्पा र सल्यानको सिमाना पातिहाल्न बाट दाङ तुलसीपुरको लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबाहक बस बागचौर नगरपालिका वडा नं. २ जङ्गार खाेला नजिक दुर्घटनामा परेकाे ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।

जम्मा ३४ सवार उक्त गाडीमा  ७ जना भने घाइते भएका छन। घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ दहखोलाकि २२ वर्षिय अन्जना गिरी, गंगादेव गाउँपालिका ३ रोल्पाकि ५८ वर्षिय दिलकुमारी खड्का, बागचाैर नगरपालिका ८ कोटमाैलाकी ६३ वर्षिय चम्फा ढकाल, बागचाैर नगरपालिका ८ कोटमाैला ४८ वर्षिय अजमत कामी, साेहि ठाउँका ३६ वर्षिय दिपक याेगी, ७५ वर्षिय लिलानाथ याेगी र बागचौर नगरपालिका ८ कोटमौलाकि बविता बिक र बागचौर नगरपालिका ८ कोटमौलाकै भिसा बिक रहेका छन।

 

 

सोही ठाउँमा सडक ओरालो भएको हुदा आज बिहान पनि टिप्पर दुर्घटना भएको र बाटाे साघुराे देखेपछि साइट हेर्न गाडी चालक ओरालोमा गाडीलाई गेरमै राखेर बाहिर आएकोले दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

 

दुर्घटनामा घाइतेहरुको स्थानीय जनप्रिय पाेलिकिल्निकमा उपचार भइरहेको छ।

  • तस्वीर :- पत्रकार दिपसागर भण्डारीको फेसबुकबाट।