October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
सल्यानमा ब्रेक फेल भएर यात्रुबाहक बस दुर्घटना, ६ जना घाइते

सल्यानमा ब्रेक फेल भएर यात्रुबाहक बस दुर्घटना, ६ जना घाइते

भदौ ०७, सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

सोमबार जिल्लाको श्रीनगर बाट छत्रेश्वरी गाउँपालिका ०३ झिम्पे पोखरीडाँडा तर्फ जाँदै गरेको ना ७ ख १८४८ नम्बरकाे बस बेलुका करिब ६ बजेतिर कैँची माेड भन्ने स्थानमा दुर्घटना भएको हो ।

गाडीको ब्रेक फेल भएर अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताउनु भयो ।

बसमा सवार दस जना यात्रुहरू मध्ये दुर्घटनामा परेर ६ जना सामान्य घाइते भएका प्रवक्ता पौडेलले बताउनु भयो ।

ब्रेकफेल भएर बस पल्टिएपछी चालक फरार भएको र उनलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको प्रहरीले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज