सल्यान उद्योग बानिज्य संघको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित
चैत १, सल्यान । सल्यान उद्योग बानिज्य संघको नयाँ कार्यसमिति चयनको लागी शनिबार भएको निर्वाचनको मत परिणाम अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार सल्यान उद्योग बाणिज्य संघको अध्यक्ष पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वार कुमार बुढाथोकी निर्वाचित भएका छन । खसेको कुल २ हजार ३ मत मध्ये बुढाथोकीले १ हजार २७ मत प्राप्त गरेका छ्न ।
उनले प्रगतिशिल प्यानलका उम्मेद्वार राजेन्द्र थापा (Rk) लाई पराजित गरेका हुन । थापाले ९ सय २८ मत प्राप्त गरेका छन ।
प्रतिकृया दिनुहोस्