सल्यान उबासंघ निर्वाचन : महासचिव र एक जनजाति सदस्य बाहेक सबै पदमा संयुक्त प्यानल बिजयी
चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणाम अनुसार महासंघको महासचिव र एकजना जनजाति सदस्य बाहेक सबै पदमा कुमार बुढाथोकीले नेतृत्व गरेको संयुक्त व्यवसायिक प्यानल बिजयी भएको छ ।
संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा कुमार बुढाथोकी, बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र प्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम कुमार पुन, सचिवमा सुरेश कुमार केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा बिजय भएका हुन ।
त्यस्तै प्रगतिशील ब्यबसायिक प्यानल बाट महासचिवमा मोहन सारु र जनजाति सदस्यमा निरज सिंह मात्रै निर्वाचित भएका छन । प्रगतिशील प्यानललाई नेकपा माओबादि केन्द्र र एमाले माधब समुहले साथ दिएको थियो भने संयुक्त प्यानाललाई नेपाली कांग्रेस, एमाले केपी समुह र राप्रपाले अधि सारेको थियो ।
हेर्नुहोस, अन्तिम मत परिणाम :
प्रतिकृया दिनुहोस्