निर्वाचन अपडेट : १ हजार मत गणना गर्दा, अध्यक्षमा कुमार र महासचिवमा मोहन सारुको अग्रता
चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनमा आइतबार बिहान ३ बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको अध्यक्ष पदमा संयुक्त प्यानलक कुमार बुढाथोकी र महासचिव पदमा प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवार मोहन सारुले अग्रता कायमै राकेका छन ।
१ हजार मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका बुढाथोकीले ५ सय १६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले ४ सय ६१ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा संयुक्त प्यानलका मोहन सारुले अग्रता लिएका छन । मोहन सारुले ५ सय ०१ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी संयुक्त प्यानलका रुपक बुढाले ४ सय ५३ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।
संयुक्त प्यानललाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने प्रगतिशील प्यानललाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ । संघको हिजो भएको निर्वाचनमा २ हजार ३ मत खसेकाे थियाे ।
हेर्नुहोस मत परिणाम :
प्रतिकृया दिनुहोस्