June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
निर्वाचन अपडेट : ८ सय मत गणना हुदा अधिकांश पदमा संयुक्त प्यानलकै अग्रता

निर्वाचन अपडेट : ८ सय मत गणना हुदा अधिकांश पदमा संयुक्त प्यानलकै अग्रता

चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनमा आइतबार बिहान ११:४६ बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको उद्योग उपाध्यक्ष र महासचिव बाहेक सबै पदमा संयुक्त प्यानलका उम्मेदवारहरूले अग्रता कायम गरेका छन ।

८ सय मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथाेकी ५६ मतले अग्रता लिएका छन । कुमार बुढाथाेकीले ४ सय १८ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले ३ सय ६२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।

 

 

 

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा संयुक्त प्यानलका बिरेन्द्र कुमार श्रेष्ठले ४ सय १९ र प्रगतिशील प्यानलका हरिलाल डिसीले ३ सय ५० मत हाँसिल गरेका छन् । बाणिज्य उपाध्यक्ष तर्फ संयुक्त प्यानलका भरत कुमार बस्नेतकाे ४ सय ४५ मत सहित अग्रता कायम गरेका छन भने उनको प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका बिरेन्द्र प्रकाश भण्डारीकाे ३ सय २५ मत प्राप्त गरेका छन ।

त्यस्तै उद्याेग उपाध्यक्षमा प्रेम पुनकाे ३ सय ७२ र शंकर यरीकाे ३ सय ७५ मत रहेको छ । पुन संयुक्त र यरी प्रगतिशील प्यानलका हुन । यसरी उद्योग उपाध्यक्ष पदमा प्रगतिशील प्यानलका उम्मेदवार थोरै मतले अघि छन ।

 

 

त्यसैगरी महासचिवमा संयुक्त प्यानलका रुपक बुढाकाे ३ सय ६७ मत प्राप्त गरेका छन भने प्रगतिशील प्यानलका मोहन सारुकाे ३ सय ९६ मत रहेकाे छ । महासचिव पदमा संयुक्त प्यानलका उम्मेदवार पछि परेका छन । त्यस्तै सचिवमा प्रगतिशीलका विकाश डिसीकाे ३ सय ६७ मत प्राप्त गर्दा संयुक्तका सुरेश कुमार केसीकाे ३ सय ९१ मत सहित अग्रता कायम गरेका छन । त्यस्तै काेषाध्यक्षमा प्रगतिशीलका अशोक कुमार बोहराकाे ३ सय ६८ मत हुदा संयुक्तका सुरेन्द्र बुढाकाे ३ सय ८८ मत देखिएकाे छ । संघको हिजो भएको निर्वाचनमा २ हजार ३ मत खसेकाे थियाे ।

हेर्नुहोस नतिजा :