बालुवासंग्रही– कुपिन्डे– खलंगा सडक खण्ड केहि समय बन्द हुने, यस्तो छ बैकल्पिक बाटो
माघ १५, सल्यान । बालुवसंग्रही– कुपिन्डे– खलंगा सडक खण्ड केही समयका लागी अवरुद्द हुने भएको छ । सो सडक खण्डमा माघ १७ गतेबाट निर्माण कार्य सुरुहुने भएकोले दिउँसोको समयमा सवारी आवतजावत बन्द हुनेभएको हो ।
कर्णाली प्रदेशको पुर्बाधार बिकास कार्यलय सल्यानले एक सुचना जारि गर्दै माघ १७ गतेबाट बिहान १० बजे देखि ४ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने जनाएको छ ।
बिहानको समयमा ८ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ६ बजेसम्म दुइ- दुइ घण्टा भने सवरीसाधन संचालन गर्न दिइने सुचनामा उल्लेख छ ।
तर जैतपानी स्वारा हुँदै चिसापानी गाइदुवाको बैकल्पिक बाटो भने प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।साथै खलंगादेखि कुपिन्डे दह सम्म भने सवारी आवतजावत गर्न कुनै समस्या नरहेको कार्यलयले जनाएको छ ।
अत्यावश्यक सवारी साधनका लागी भने अग्रिम जानकारी गराएमा व्यवस्थापन गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्