सल्ली- चौरजहारी सडक : ५ वर्षमा ५ किमि पिच, अझै काम सम्पन्न हुनेमा आशंका
दुर्गा विसि – जेठ ८, सल्यान । सल्ली – रुकुम चौरहारी सडकखण्डको काम यतिखेर अघि वढिरहेको छ । कोरोना कहरले दुई वर्ष यता काममा वाधा पुर्याए पनि यसपटक भने ठेकेदारले कामलाई पुर्णता दिने वताएका छन ।
सडक डिभिजन कार्यालय रुकुम चौहरजारीबाट करिव ५ किलोमिटर र पुर्वाधार कार्यालय सल्यानबाट डेढ किलोमिटर सडक पिचको काम यहि आर्थिक वर्षमा सम्पन्नता गर्ने विशाल निर्माण सेवाका प्रमोद श्रेष्ठले वताए ।
कामको जिम्मेवारी लिदै विभिन्न वहानामा विचमा छाड्दै गर्दा ५ वर्ष अघि सुरु भएको योजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन । यतिखेर भने निर्माण कम्पनीले काममा ताकेता दिएको छ । गतवर्ष कोभिडकै कारण अवरुद्ध काम यसपालि भने अघि वढ्ने संकेत देखिएको छ ।
५ वर्ष ५ किलोमिटर सडक पिचको कामले तादारुकता नपाउदा आवतजावतमा स्थानीयले दुख खेपिरहेका छन्। आव २०७२– ०७३ मा सडक डिभिजन कार्यालय र थेगिम जेभि गाल्भाका नरहरि थपलिया विच २०७४ मा सम्पन्न गर्ने गरि ११ करोडौंको टेण्डर ९ करोडौंमा काम हुने गरि सम्झौता भएको थियोे । तर विडम्बना करिव ४ भन्दा वडि निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गर्दै छाड्दै गरेको काम अहिले विशाल निर्माण सेवा कम्पनीले पूरा गर्दै छ ।
उक्त सडकलाई पनि संघीयताले समस्या वनायो । सडक डिभिजन कार्यालय दाङले हेरको सडक पुनः कर्णाली प्रदेश रुकुम पश्चिम चौहारजारिमा रहेको सडक डिभिजन कार्यलयको जिम्मेवारीमा आउदा काममा ढिलाइ भयो । सडक लथालिङ्ग हुनुमा राज्यको पुनर्संरचना र मुख्य ठेकेदार थपलियाका लापरबाही भएको स्थानीयको भनाइ रहेको छ ।
थपलियाले राम्रो मान्छेलाई जिम्मेवारी नदिएका कारण काममा ढिलाइ भएको र काम नगर्ने, लापरबाही गर्ने थपलियाका फर्मलाइ समेत सडक डिभिजनले कारवाहि नगर्दा ४ वर्ष अघि सम्पन्न हुने काम अहिलेसम्म पूरा हुन सकिरहेको छैन । हाल आएर कामको ताकेता भने वढेको छ ।
सल्ली – रुकुम चौरजहारी सडक खण्ड ट्र्याक खोलिएको झण्डै १७ बर्ष वित्दै छ । अझै ४१ किमि सबै स्थान स्तरवृद्दि हुन सकिरहेको छैन भने सडक निकै जोखिमपूर्ण छ ।
प्रतिकृया दिनुहोस्