April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
छिन्चु- जाजरकाेट सडक खण्ड १९ घण्टा पछि खुल्याे

छिन्चु- जाजरकाेट सडक खण्ड १९ घण्टा पछि खुल्याे

दुर्गा विसि / बैशाख २९, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा,११ मा रहेको रैकर खाेलामा वाढि अाए पछि सडक अवरुद्ध वनेकाे थियोे । वेलुकि ४ वजेबाट अवरुद्ध सडक विहान ११ वजेकाे समयमा सुचारु भएको छ ।

काेराेना विरामिहरु वाेकका एम्बुलेन्सहरु समेत रातभर जाममा परे भने अन्य सयौं गाडिहरु लामवद्द भएका थिए ।सल्यान अस्पताल ल्याउन लागिएको अक्सिजन सिलिन्डर वाेकेकाे गाडी समेत समयमै जिल्ला अस्पताल पुग्न सकेन ।

राजमार्ग अासपासमा जथाभावी खनिएका स्थानीय सडकका कारण छिन्चु जाजरकोट सडक खण्डमा यतिबेला पानि पर्नै हुदैन । मुख्य सडक स्थानीय साना गाउँ तथा टाेलटाेलमा पुग्ने सडक जथाभावी काेट्याउदा मुख्य सडक जिर्न र तहसनहस वनेकाे छ ।

ससाना वस्तिहरुमा जाने दर्जन वढि सडकहरु पनि मापदण्डअनुसार नखाई जथाभावी खन्नले मुख्य सडक गाडी नचल्ने अवस्थामा पुगेको छ । सल्यानकाे बनगाड कुपिण्डे र सुर्खेत गुर्भाकोट्को नगरपालिकाले जथाभावी सडक खण्दा यतिखेर मुख्य सडक छेदविच्छेद वनेकाे छ ।

मुख्य राजमार्ग अासपासमा यसरी जथाभावी सडक खन्ने काम बन्द गर्नुपर्ने हाे । साना सडकहरुकै कारण वर्षा सुरु नहुदै यतिखेरकाे वर्षाले सडक कामै नालाग्ने गरि विगारेकाे सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

राज्यले यसरी खन्ने सडककाे मापदण्ड तय गर्नु पर्ने,तल वस्ति र मुख्य सडक हुदाहुदै अचेतपुर्न्नरुपमा स्थानीय तहको मनपरि चलेको डिभिजनकाे भनाइ रहेको छ । हचुवाका भरमा विनामापदण्ड दुईवटा घरका लागि पनि सडक खन्ने काम स्थानीय सरकारले बन्द गर्नुपर्ने सडक डिभिजनकाे भनाइ छ ।

अटेरि गर्ने स्थानीय तहलाई दण्डित समेत गर्ने निति नवाउदा समेत याे राेकिने अवस्था देखिदैन ।देशका अन्य क्षेत्रमा पनि यही अवस्था छ । सल्यानकाे बनगाड कुपिण्डे र सुर्खेतको गुर्भाकोट्ले झनै तल वस्ति र मुख्य सडक हुदाहुदै समेत चरम लापरबाही तवरले माथिल्लो भागेका डाँडा, भिरपाखा काेट्यादा थेगि नसकिने अवस्थामा पुगेको छ ।

पहिराे पन्छाए पनि सानाे पानी पर्ने वितिक्कै पुन फेरि खहरे खाेलामा लेदाे सहितको पहिराे वग्ने गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज