स्तरोन्नति गरिने सडकको शिलान्यास गर्दै ‘कर्णाली प्रदेशका अर्थ मम्त्री’
मंसिर १४, सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वा’लाले खलंगा– कुपिण्डे ताल – बालुवासंग्रही सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शिलान्यास गरेका छन् ।
बनगाड कुपिन्ड़े नगरपालिकाको ढोरपिपलमा शनिबार आयोजना गरिएको शिलान्यास कार्यक्रमका क्रममा मन्त्री ज्वा’लाले अपरेटर सँग आफु पनि डोजरमा चडेर तथा ब्यानर पढेर स्तरोन्नति गरिने सडकको शिलान्यास हुन् ।
सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने उक्त सडकको ट्रयाक खोलेको झण्डै तिन दशक पछि सडक नाली सहित कालोपत्रे गर्न शुरु गरिएको हो । सोहि अन्तर्गत बालुवासंग्रही- कुपिण्डे ताल- यतपानी- खलंगा सडक कालोपत्रेको शनिबार शिलान्यास गरिएको छ ।
अहिले ढोरपिपल देखि ज्यामिरे सम्मको झन्डै डेढ किमि सडकको नाली सहित ८ मिटर चौडा, साँढे ५ मिटर कालोपत्रे गर्न लागिएको हो । सडक निर्माणको गाल्वा धुलिखेल जेभिले रु. १८ करोड १८ लाख ३६ हजार ९ सय ९८ मा काम पाएको छ । । आगामी २ बर्ष भित्रमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।
सडक कालोपत्रे कामको शिलान्यास गर्दै मन्त्री ज्वा लाले देशमा राजनीतिक ब्यवस्था परिवर्तन संगै बिकास निर्माणका कामले तीव्रता पाएको बताएका छन् । अहिलेको बिकास गणतन्त्र, लोकतन्त्र, संघीयताको उपहार भएको हो ।
उनले भने – “पहिले देशमा विकासले तिब्रता पाउन सकेको थिएन, तर राजनीतिक ब्यवस्था परिबर्तन भएसंगै बिकासले तिब्रता पाउन थालेको छ, सोहि अनुसार सडकको ट्रयाक खोलेको लामो समय पछि स्तरोन्नति र कालोपत्रेको लागि कामको थालनी भएको छ।”
अर्थ मन्त्रीले सल्यानबाट कर्णाली प्रदेशको राजधानी जोड्ने लाइफ लाइनको रुपमा रहेकाले यस सडक प्रदेशको प्राथमिकतामा परेको बताए । सोहि अनुसार प्रदेशले बर्षेनी सडकको स्तरोन्नतिको लागि काम गरिरहेको उनको भनाइ छ ।
“हामीले पटक पटक सडकको स्तरोन्नति र कालोपत्रेका लागि बजेट विनियोजन गर्दै आएका छौँ, अहिलेसम्म यस सडकमा झन्डै ४० करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको गरिसकेको छ“ उनले भने “अब विकास निर्माणका कामको जिम्मेवारी प्रदेश सरकारले लिन्छ ।’’
यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले विगत लामो समय देखी सडकको स्तरोन्नतिको लागि पहल भैरहेको र अहिले आएर सार्थकता पाएको बताए ।
प्रदेश सरकारले नै जिल्ला सदरमुकामलाई प्रदेश राजधानी सम्म जोड्ने लक्ष्य सहित सडक निर्माण गर्ने योजना अगाडि बढाएको र सोहि अनुसार सल्यान–सुर्खेत सडकको स्तरोन्नति र कालोपत्रे गर्न लागिएको उनको भनाइ थियो ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार पुनले बन्गाड हुँदै जाने यस सडक गौरवको योजना भएको बताए । उनले यस सडकलाई कृषि र पर्यटन संग जोड्नुपर्ने बताए । यसका लागि छिटो, छरितो र स्तरीय काम गर्न निर्माण कम्पनीलाई उनको आग्रह छ ।
यस्तै पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले सबैको साथ र सहकार्यमा नै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने बताए ।
गाल्वा धुलिखेल जेभिका संचालक प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपाका जिल्ला कमिटी सचीव कर्ण बहादुर बुढाथोकीले तोकिएको समयमा नै स्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
प्रतिकृया दिनुहोस्