January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
नेकपा बिभाजनको असर : सल्यानमा नेपाली काँग्रेस प्रवेश गर्नेहरूको लहर

नेकपा बिभाजनको असर : सल्यानमा नेपाली काँग्रेस प्रवेश गर्नेहरूको लहर

पौष १४, सल्यान । बिभाजन उन्मुख भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद असर स्थानीय स्तर सम्म आइपुगेको छ । केन्द्रको विवाद गाउँ सम्म आइपुग्दा नेकपा स्थानीय नेता कार्यकर्ताहरू दुई समुहमा बाँडिने मात्रै होइन, पार्टी परित्याग गर्नेको पनि लहर चल्न थालेको छ ।

सल्यानमा पौष १२ गते हिन्दु राष्ट् र राजसंस्था पुनःस्थापनको लागि राप्रपाले गरेको कार्यक्रममा आधा दर्जन नेकपा नेता कार्यकर्ताले राप्रपामा प्रवेश गरेका थिए भने पौष १३ गते सल्यानको छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ४ का ७५ जना नेकपाका कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

सोमबार छत्रेश्वरीको जयचौरमा आयोजित कार्यक्रममा विभिन्न टोलका ७५ जना नेकपा कार्यकर्ता ले नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । यो क्षेत्र  पहिले देखिनै नेकपाको भोट बैंकको रूपमा चिनिने गर्थ्यो ।

प्रवेश गर्नेहरूलाई महासमिती सदस्य एबम जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष केशबहादुर बिष्ट र नेपाली कांग्रेसका क्षेत्रीय सभापती एबम छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि लगाएतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । नेकपाले जनताको मत गुमाइसकेको र बारम्बार जनतालाई खेलौना बनाएका कारण आफुहरु कांग्रेसमा प्रवेश गरेको नवप्रवेशिहरुले बताएका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्टले नेकपा सरकारले अहिले गरेको कदमले देश संकटतर्फ धकिलिले बताएका छ्न। सरकारले अहिले जे गर्यो देश र जनताप्रति धोका र गद्दार गर्यो” उनले भने । ओलिको कदम, सर्वसत्तावादका कारण लोकतन्त्रको संरक्षण नै चुनौती बन्दै गएको भन्दै उनले नेकपाको बहुमतको दम्भ सकिएको स्पष्ट पारेका छन ।

छ्त्रेश्वरि गाउँपालिका अध्यक्ष एबम नेपाली कांग्रेस (ख) का सभापती सन्तोष केसिले नेकपा सरकार भ्रष्टाचार, बला,त्कार र कान्डैकान्डको सरकार भएको बताएका छ्न। लोकप्रिय मत ल्याएर बहुमतको सरकार नेकपाले बनाएतापनी सम्हाल्न नसकेर पार्टीनै बिभाजन भएको उनले बताए।

जनता र देशको निम्ति अब कांग्रेस नै अगाडि बढ्ने उनले दावी गरे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबम छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष सीता केसिले नब प्रवेशि हरुलाई स्वागत गर्दै ढुक्कले कांग्रेसको राजनितीमा लागेर गाउँ समाजका निम्ति लड्न अनुरोध गरेकी छन।

कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, मेघराज भन्डारी, बसन्त रिजाल, प्रेम बिष्ट, तेजबहादुर ओलि ( बादल), ओमकार केसि, उत्तर सुनार, लगाएतका नेताहरुले मन्तव्य राखेका थिए। काङ्ग्रेसका वडा सभाापति चन्द्र बहादुर ओलिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम रमेश शर्माले गरेका थिए।

त्यस्तै सोमबार संसद बिघटन विरुद्ध खलंगामा नेपाली कांग्रेसले गरेको विरोध प्रदर्शन पछि भएको कोण सभामा नेकपा परित्याग गरी सल्यान बागचौर नगरपालिका ५ का नेकपा कार्यकर्ता लिल्मान भण्डारी लगाएतले पनि नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले पार्टी प्रवेश गराएका थिए । नेकपा बिभाजन भएपछि सल्यानमा नेकपा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका हुन ।