July 27, 2026, Monday
२०८३ श्रावण ११, सोमबार
पार्टी परित्याग गरेको भनिएका डम्बर चलाउने एक वर्ष देखी पार्टीको सम्पर्कमा थिएनन्: नेकपा सल्यान

पार्टी परित्याग गरेको भनिएका डम्बर चलाउने एक वर्ष देखी पार्टीको सम्पर्कमा थिएनन्: नेकपा सल्यान

साउन २१, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले हिजो मंगलबार पार्टी परित्याग गरेको भनिएका युवा संगठनका उपाध्यक्ष डम्बर बहादुर चलाउने बिगत एक बर्ष देखी पार्टीको सम्पर्कमा नरहेको बताएको छ।

बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीका कार्यलय सचीव नबिनले पार्टी परित्याग गरेको भनिएका डम्मर चलाउने २०७३ सालमा पार्टीको विद्यार्थी संगठनमा आवद्ध हुँदै २०७६ सालमा युवा संगठनको उपाध्यक्ष भएको भएतापनि बिगत एक बर्ष देखी उनी पार्टीको कुनै पनि जिम्मेवारी र सम्पर्कमा नरहेको पुष्टि गरेका हुन ।

पार्टीको जिम्मेवारीमा नरहेका, पार्टीको परिक्षणकालमा रहेका र कारबाहीको चरनमा रहेका विभिन्न व्यक्तिहरुले पार्टी परित्याग गरेको भनेर मिडियामा आउदा अनावश्यक भ्रम सिर्जना हुन सक्ने भएकाले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न र देशमा एकीकृत जनक्रान्तीको प्रक्रिया चलिरहेको हुनाले भ्रममा नपर्न र क्रान्तिमा समाहित हुन बिज्ञप्ती मार्फत उनले अनुरोध गरेका छन।

हिजो मंगलबार पार्टीको युवा संगठनका उपाध्यक्ष भनिएका डम्मर बहादुर चलाउनेले एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेर स्वतन्त्र नागरिकको रुपमा जिवनयापन गर्ने घोषण गरेका थिए ।

यस्तो छ पार्टीको विज्ञप्ती:

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज