January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
पार्टीले वडाध्यक्षको लागी असक्षम भनेपछि माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्याग

पार्टीले वडाध्यक्षको लागी असक्षम भनेपछि माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्याग

२७ चैत, सल्यान।
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सल्यान दार्मा गाउँपालिका निवासी सार्की खत्री (हितैसी) ले पार्टीले वडाध्यक्षमा अयोग्य र असक्षम भनेपछी पार्टी नै छोडेर राजिनामा दिएका छन। उनी दार्मा गाउँपालिका वडा न.२ का वडाध्यक्ष पदका आकांक्षी थिए।

आफुले करिव ३० वर्ष पार्टीकोलागि योगदान गरेको उल्लेख गर्दै पार्टीले आफ्नो योगदानको कदर गर्न नचाहेकोले उनले यस्तो निर्णय गरेका हुन।

उनले बुदागत रुपमा आफुले ३० वर्ष सम्म पार्टीकोलागि गरेको योगदानको स्पष्टीकरण समेत दिएका छन।

सामाजिक सञ्जालमा शनिबार एक स्टाटस लेख्दै पार्टीको सम्पुर्ण जिम्मेवारी र साधारण समेत नरहने घोषणा गरेका हुन।

उनि आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्छन।

” मैले मेरो पार्टीमा यति भुमिका खेल्दा खेल्दै मलाई आउदै गरेको स्थानीय तहको निर्वाचनमा हामीले गरेको पुर्व सहमति बमोजिम एउटै ब्यक्ति पटकपटक नदोहोरिने भनी मैले एकपटकको लागी वडा अध्यक्षको दावी गर्दैगर्दा म संगै हाम्रो पार्टीका ६ जना साथीहरुको दाबी समेत भएकोमा अन्तिममा म, क.टेकमान र पासाङको बिचमा छलफल चल्दा चल्दै मेरो र क.टेकमान बि.क को सहमति बेगर/असहमतिका बाबजुद केहि पार्टी भित्रका अवसरवादी, विभेदकारी,भेगिय दृस्ठिकोण भएका ब्यक्तीवादी, अहम्तावादी सोच चिन्तन भएका तत्वहरुबाट म जस्तो ज्यादै सोझो इमानदार कर्मठ पार्टी प्रती बफादार कार्यक्रतालाई चुनाव जित्न नसकिने आरोप लगाउदै चुनाव जित्नको लागी जनतालाई ढाट, छल गर्नुपर्ने, आर्थिक प्रलोभन देखाउनु पर्ने भएको भन्दै मलाई असक्षम घोषणा गरियो। मैले सो-को निकास गर्नको लागि पार्टीको निर्देश मान्दै पुरानो ब्यक्ती नदोहोरिउन भन्नको लागी क.टेकमान बि.क लाई प्रस्तावित गरे तर पार्टीका केहि ब्यक्ति हरुले दलितलाई मुख्य जिम्मेवार दिएमा हामीलाई अफ्ट्यारो स्थिति आउन सक्ने र उनीहरुलाई सम्मान गर्न नसकिने भनि जातीय कुरा उठाइ क.टेकमान लगायत सम्पुर्ण दलितहरुलाई अपमानित सब्द प्रयोग गरि सिङ्गो दलितको अपमान गरियो त्यसमा मेरो घोर बिरोध रहेको छ।

हामी तीन उम्मेदवारमा म, र क. टेकमान बि.क को असहमतिका बाबजुद सम्प्रभु शक्तिबाट वडा अध्यक्षको उम्मेदवारी तोकिएको घोषणा मैले सुने त्यसमा मेरो आपत्ति छ।
राजनीति गरेपछि जोकोही ब्यक्तिलाई पदमा पुगि निस्वार्थ भावनाका साथ नागरिकलाई सेवा गर्ने इच्छा हुन्छ, मैले पार्टीमा गरेको योगदान संघर्ष र बलिदानका कृतिमान हरुलाई दार्माको माओवादी पार्टीले अबमूल्याकंन गरि उनीहरुको दृस्ठिकोणमा मलाई असक्षम घोषणा गरेको हुँदा म सार्की खत्री (हितैसी) आजको दिन (२०७८-१२-२६) देखि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कुनैपनि स्थानमा नरहने गरि स्वतन्त्र नागरिकको रुपमा रहने गरि मैले मेरो पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्द्छु।
मेरो कम्युनिष्ट बिचारधारा जिवन्त रहिरहने छ“।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज