ब्यापारीहरुसँग बैठक बसिरहेको बेला विप्लवका अर्थ विभाग प्रमुख सहित २ नेता पक्रा’उ
मंसिर ०७, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरु पक्रा’उ परेको छन ।
शुक्रबार नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) लाई प्रहरीले पक्रा’उ गरेको हो ।
नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई प्रहरीले प’क्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पुष्टि गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वकर्माले आप- राधिक र अपहर- णकारी शैलीमा गिर- फ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।
पार्टीको केन्द्रीय आर्थिक नीति र योजना अन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई ज- बर्जस्ती चन्दा असुली र ध- म्कीको मिथ्या अभियोग लगाइएको उनको दाबी छ ।
‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अ- पराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य नहुने त्यसको भागीदार अपरा’ धमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्