April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
दार्मामा युवाहरूले वडाध्यक्षलाई बुझाए ज्ञापनपत्र, माग पुरा नभए आन्दोल’न गर्ने चेता’वनी

दार्मामा युवाहरूले वडाध्यक्षलाई बुझाए ज्ञापनपत्र, माग पुरा नभए आन्दोल’न गर्ने चेता’वनी

मिना खड्का – असोज ५, सल्यान । दार्मा गाउँपालिका वडा नम्बर ५ का युवाहरुले वडा नं ५ का अध्यक्ष रामबहादुर केसी समक्ष ज्ञापनपत्र बुझाएका छन् । स्थानीय युवा व्यवसायी चन्द्रबहादुर खडकाको अध्यक्षतामा गठन भएको वडा नम्बर ५ विकास संघर्ष समितिको तर्फ बाट वडामा बिभिन्न मागहरु गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन ।

विकास निर्माणका कामहरु गर्दा समेत राजनैतिक विभेद भएको भन्दै कुनै पनि ठाउमा हुने विकासमा अन्याय र असमानता हुन नदिनकै लागी आफुहरु संगठित भएको युवा चन्द्रबहादुर खड्काले बताए ।

आईतबार संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा वडा कार्यालयले जग्गाको माग राखि कोटेशन खोलेको र त्यसमा आफूहरुले नौ लाखको जग्गा किनेर उपलब्ध गराउँदा समेत वडाले त्यस सम्बन्धि निणर्य नगर्दा बर्षौंसम्म जग्गा बाँझो राख्न बाध्य भएकोले अबको दस दिन भित्र सो बारेमा निणर्य गर्न माग गरिएकोछ ।

१० दिनभित्र माग पुरा नभए चरणवद्ध संघर्षमा जाने संघर्ष समितीले बताएको छ ।