March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
विप्लव नेकपा द्वारा स्काभेटरमा आ’गजनी, वडाध्यक्षलाई जनकार’वाहि गर्ने चेताव’नी

विप्लव नेकपा द्वारा स्काभेटरमा आ’गजनी, वडाध्यक्षलाई जनकार’वाहि गर्ने चेताव’नी

भदौ ८, नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आ’गजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकार’बाही गर्ने ध’म्की दिएको छ ।

समूहमा आएका अज्ञात व्यक्तिले गए राति स्काभेटरमा आ’गजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आ’गजनीबाट स्काभेटरमा २० लाख बराबरको क्ष’ति पुगेको छ ।

त्यस स्थानमा पार्टीले का’रबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ । पत्रमा दुई वर्षअघि पार्टीले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीवि’रुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।

यसैगरी पार्टीले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आ’गलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनका’रबाहीको चेतावनी दिइएको छ ।

म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आ’गो लगाएको हो भनेर स्वीकार गर्न चेताव’नीयुक्त विज्ञप्ति जारी गरिएको छ ।