January 14, 2026, Wednesday
२०८२ माघ २, बिहीबार
सहकारी ठगी आरोपित पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

सहकारी ठगी आरोपित पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

 काठमाडौं, २८ पौष 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ।

अदालत आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई अदालतले हिरासतमा पठाइएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । अदालतले लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको हो ।

काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।