September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
मर्स्याङ्दी नदीमा बस दुर्घटना:  १४ जनाको मृत्यु, १६ जना घाइते, ११ को अवस्था अझै अज्ञात

मर्स्याङ्दी नदीमा बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जना घाइते, ११ को अवस्था अझै अज्ञात

पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐनापहरबाट मर्स्याङ्दी नदीमा खसेको बसका भारतीय पर्यटक बोकेको बसका घाइतेहरूको उद्धार कार्य जारी रहेको छ । दुर्घटना भएको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ।

कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।

बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू सवार बस आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

प्रहरीका अनुसार, अहिलेसम्म १४ जनाको शव भेटिएको छ। अन्य १६ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ। जसमा चेत अचेत अवस्थाका यात्रुहरू छन्। उनीहरूमध्ये कसको अवस्था के छ भन्नेबारे हालम्म खुल्न सकेको छैन । बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार रहेको खुल्न आयको छ । ११ जना यात्रु को भने अवस्था अझै अज्ञात रहेको छ । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले उद्धार जारी राखेको छ।

“अप्ठ्यारो भिर भएका कारण घाइते र मृतकको उद्दार गर्न कठिनाइ भइरहेको छ ” प्रहरी प्रमुख थापाले भने डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको छ।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज