दाङमा श्रीमानको कुटपिट बाट श्रीमतीको मृत्यु
दाङ| दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो ।
कुटपिटबाट मृत्यु भएपछि इश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार कुमाल दम्पति दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उनकी तीन छोरी एक छोरा छन ।
लेखकको सम्वन्धमा