June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
समाजवादीको विभिन्न कमिटीमा रहेका १० जना नेता कार्यकर्ता एमालेमा समाहित

समाजवादीको विभिन्न कमिटीमा रहेका १० जना नेता कार्यकर्ता एमालेमा समाहित

चैत्र १२, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत समाजवादीबाट १० जना नेता कार्यकर्ता नेकपा एमालेमै समाहित भएका छन् । सोमबार भोटेचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले उनीहरुलाई स्वागत गरेका हुन् ।

आफुहरु पार्टी विभाजनपछी बनेको समूहमा केही समय रहेपनि अहिले त्यो गलत सावित भएकाले पुनः आफुले मिहेनत गरेको पार्टीमै समाहित भएको एकिकृत समाजवादीका छत्रेश्वरी गाउँकमिटी सदस्य उमलाल घर्तीले बताए । ‘अव देखि हामीहरु एमालेको झण्डामा गोलबन्द भएर, एमालेका नीति, विधिलाई शिरोधार्य गरेर खटेर काम गर्नेछौँ । हामी जस्तै अन्योलमा परेका अरु साथीहरुलाई पनि एमालेमै फर्कन आह्वान गर्दछु’, उनले भने ।

अनेमसंघ जिल्ला कमिटी सदस्य भुमा विक सहित समाजवादीका विभिन्न कमिटीमा रहेका शेर बहादुर विक, शुकराज खत्री, शसिराम वली एमालेमा समाहित भएका हुन् । यस्तै दिपा महर, देवा विक, ,कली विक, खुमा विक, पार्वती विक पनि पार्टीमा समाहित भएको एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले जनाए ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिव तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विगतमा आफुले मिहेनत र परिश्रम गरेको पार्टी एमालेलाई नै बलियो बनाउनुपर्ने भन्दै देश विकासको एकमात्र विकल्प नेकपा एमाले भएको बताए । यस्तै एमाले जिल्ला कमिटी सदस्य फौद बहादुर बस्नेतले सहजिकरण गरेको कार्यक्रममा एमालेका जिल्ला कमिटी, पालिका कमीटी तथा वडा कमिटीका सदस्यहरु लगाएतको पनि उपस्थिति रहेको थियो ।