December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
एमालेको सकृयता प्रभावकारी बनाउनुपर्नेमा जोड

एमालेको सकृयता प्रभावकारी बनाउनुपर्नेमा जोड

पुष ०७, सल्यान ।

देशको बेहाल अवस्था र नागरिकमा बढ्दो अन्योल तथा निराशालाइ हटाउन नेकपा एमालेको सक्रियतालाई प्रभावकारी बनाउनुपर्नेमा सल्यानमा आयोजित उक्त पार्टीका नेता कार्यकर्ताहरुले जोड दिएका छन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा शनिबार आयोजित वडा कमिटी बैठकमा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले भने,-“गाउँ समाज अथवा देशका अनेकौं समस्याको समाधान गर्न सक्ने र सांच्चिकैको विकास गर्न सक्ने पार्टी एमाले नै हो । तर यो पार्टीका हरेक कमिटी र हरेक कार्यकर्ता सकारात्मक काम र सबैको हित हुने कामका लागि कृयाशिल हुन आवश्यक छ ।”

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाथोकीले आम नागरिकले स्थानीय सरकारबाट धेरै बिषयमा अपेक्षा गरेकाले स्थानिय सरकारलाइ मजबुत बनाउन र आवश्यक श्रोत साधन उपलब्ध गराउन प्रदेश तथा संघिय सरकारले कन्जुस्याइँ गर्न नहुने बताए ।

एमालेका गतिविधि र समाज रुपान्तरणका कृयाकलापलाइ निरन्तर अघि बढाउन एमाले छत्रेश्वरीका वडा कमिटीहरु बैठक, छलफल र विचार विमर्शमा केन्द्रित भएको नेकपा एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले बताए ।

वडा कमिटी अध्यक्ष गिर्दल खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी सदस्यहरू बुद्ध कुमारी खत्री, खडग शाही, नेब बहादुर खड्का, तुल्सा बिक, चुर्ण बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए । यस्तै गाउँपालिका कमिटी सदस्यहरु चेत बहादुर वली, पोखरराज खड्का, चुर्ण बहादुर खत्री लगायतले पनि बैठकमा बोलेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसबाट टिका राम वली र स्वतन्त्र ब्यक्ति सुशील ओली एमालेमा प्रवेश गएको वडा कमिटीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज