May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
एमाले सल्यानले शुक्रबार सचिवालय बैठक डाक्यो

एमाले सल्यानले शुक्रबार सचिवालय बैठक डाक्यो

मंसिर ०७, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सल्यानले सचिवालय बैठक डाकेको छ । शुक्रबार पार्टी कार्यालय खलंगामा राखिएको सचिवालय बैठकमा पार्टीको पछिल्लो अवस्था, आगामी कार्यदिशाका बारेमा छलफल संगै केही महत्वपुर्ण बिषयमा निर्णय हुने बताइएको छ ।

बैठकमा पालिका कमिटीका अध्यक्षहरु, जनवर्गीय संगठ्नका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु तथा पार्टीका कर्णाली प्रदेश कमिटीका सदस्यहरुलाइ समेत आमन्त्रण गरिएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले बताए ।

विहान ११ बजेका लागि बोलाइएको बैठकमा सचिवालयका सदस्यहरुलाइ अनिवार्य उपस्थित हुन भनिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज