February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानको शारदा नगरपालिकाद्वारा प्लास्टिकका फुलमाला बिक्री वितरणमा रोक

सल्यानको शारदा नगरपालिकाद्वारा प्लास्टिकका फुलमाला बिक्री वितरणमा रोक

 कार्तिक १६, सल्यान ।

सल्यानको शारदा नगरपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएको हो । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिनुभयो ।

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डारण गर्न पुर्णरुपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउदै पालिकाले पनि सूचना जारी गरि जानकारी गराएको बताउनु भयो ।

पछिल्लो समय पुष्प खेतिको व्यवसाय बढदै गएकाले स्थानीय स्तरमै उत्पादन गरिएका फुलमाला प्रयोग गरि  दशै, तिहार र छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फुलमाला रोक्न आग्रह समेत गरिएको बताउनु भयो ।

यस्तै अन्य उपभोग्य सामग्रीहरुका साथै पटकाजन्य विष्फोटक पदार्थहरु खरिद तथा विक्रि वितरण र भण्डारण नगर्न आग्रह समेत  गरिएको छ ।
अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारबाहि प्रकृया अगाडि बढाईने व्यहोरा यसै सूचना मार्फत जनाकारी गराईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बबालले बताउनु भयो ।

गत वर्षबाट सरकारले प्लास्टिकका फुलमालामा प्रतिबन्ध लगाएपछि अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारकाे याे व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज