March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
शारदा नगरपालिकाका जेष्ठ सदस्य,अपांग र अशक्तलाई घरमै स्वास्थ्य सेवा

शारदा नगरपालिकाका जेष्ठ सदस्य,अपांग र अशक्तलाई घरमै स्वास्थ्य सेवा

कार्तिक २६, सल्यान ।

सल्यानको शारदा नगरपालिकाले ७० बर्ष पुगेका जेष्ठ सदस्य, अशक्त अपांगहरुलाई घरमै स्वास्थ्य सेवा दिन शुरु गरेको छ ।

नगरपालिकाले ‘ घरघरमा स्वास्थ्य सेवा’ अभियान सुरु गर्दै जनताको घरदैलोमा पुगेपछि नगरवासीहरु उत्साहित भएका छन ।

यसै क्रममा शुक्रबार पालिकाको वडा नम्बर १३ स्यानीखालमा घरमै पुगेर स्वास्थ्य चेकजाँच गरिएको छ । वडा अध्यक्ष जङ्ग बहादुर बुढाको नेतृत्वमा स्वास्थ्य चौकी स्यानीखालका स्वास्थ्यकर्मी घर घरमा पुगेका थिए ।

स्वास्थ्य संस्था सम्म आउजाउ गर्न समस्या भोगिरहेका ७० बर्ष माथिका जेष्ठ नागरिक, अशक्त अपाङ्गलाई सहज स्वास्थ सेवा दिने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको नगर प्रमुख प्रकाश भण्डारीले बताए ।

कार्यक्रम अन्तर्गत हरेक ३/३ महिनाको फरकमा घरमै पुगेर स्वास्थ्य सेवा दिइने स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले जानकारी दिएका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज