May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
नक्कली ड्राइभर बनेर प्रहरी कार्यालय गएका राना प्रहरी नियन्त्रणमा

नक्कली ड्राइभर बनेर प्रहरी कार्यालय गएका राना प्रहरी नियन्त्रणमा

असोज २२, सल्यान ।

गत असोज २० गते दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे जयचौर जाँदै गर्दा दुर्घटना भएको बसको ड्राइभर हु भन्दै ईलाका प्रहरी कार्यालय लुहाम सल्यान पुगेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १० पैयाखर्कका २५ बर्षीय बिरेन्द्र कुमार राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

बसका ड्राइभर शारदा नगरपालिका १० का २६ बर्षीय मेघराज कवर खुट्टा भाचिएर कोहलपुरमा उपचाररत छन ।

दुर्घटना भएको दिनका प्रत्यक्षदर्शीसंग बुझ्दा राना उक्त बसमा नभएको पाइएपछी आवस्यक सोधपुछ गर्दा प्रहरीमाथी नै अभ्रद व्यबहार सहित हातपातको प्रयास समेत गरेको प्रहरीले बताएको छ ।

उनलाई अहिले सार्वजनिक हित, स्वास्थ्य, सुरुक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय सल्यानबाट ७ दिन म्याद थपी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनु भयो ।

गत असोज २० गते ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानीमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

यो पनि पढ्नुहोस ।

दाङबाट सल्यान आउदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, १९ घाइते (नामावली सहित)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज