September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
३३ किलो सुन काण्डमा फरार एक प्रतिवादी पक्राउ

३३ किलो सुन काण्डमा फरार एक प्रतिवादी पक्राउ

साउन १५, काठ्माण्डौं । चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज