April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
दाङबाट सल्यान आउदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, १९ घाइते (नामावली सहित)

दाङबाट सल्यान आउदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, १९ घाइते (नामावली सहित)

असोज २०, सल्यान ।

दाङबाट सल्यान आउदै गरेको यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन ।

शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा सल्यानको छ्त्रेश्वरी गाउँपालिका ३ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ३२ बर्षीय सुनिता सुनार र सल्यानको त्रिबेणी गाउँपालिका ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ४४ बर्षीय अनिता बोहरा रहेकी छिन ।

त्यस्तै घाइते हुनेहरुमा गाडी साहु सल्यानको छत्रेश्वरी गाउँपालिका ४ का ३५ बर्षीय कमान सिंह बि.क, सोही वडाकि २६ बर्षीय रुपा बि.क., ३१ बर्षीय दोभान खड्का, ३५ बर्षीय दल बहादुर डाँगी, ५० बर्षीय चित्रा डाँगी, १८ बर्षीय सरिता केसि छ्त्रेश्वरी ३ का २४ बर्षीय खडक बि.क., छत्रेश्वरी गाउँपालिका ६ कि १८ बर्षीय देवा बि.क. रहेका छ्न ।

यसैगरी अन्य घाइतेहरुमा त्रिबेणी गाउँपालिका ६ कि २१ बर्षीय माया राना, सोही ठाउँ बस्ने ३५ बर्षीय बिनोद श्रेष्ठ, ६० बर्षीय प्रेम बहादुर बुढा, ४५ बर्षीय पुष्पा बुढा, २१ बर्षीय कुमारी चन्द, ५० बर्षीय बिमी साहु, ६३ बर्षीय हुम बहादुर बस्नेत, ४० बर्षीय धनी बस्नेत, दाङको तुलसीपुर उपमहानगरपालिकाका ९ का २१ बर्षीय प्रमोसन रिजाल, तुलसीपुर उपमहानगरपालिकाकै १८ बर्षीय कमल सुनार,  र बस चालक सल्यान शारदा नगरपालिका १० का २६ बर्षीय मेघराज कुँवर रहेका छन ।

घाइते मध्ये कमान, माया र बिनोदको अवस्था गम्भीर छ  । घाइते मध्ये केहिलाइ सामान्य उपचारपछि डिस्चार्ज गरिएको केहीलाई थप उपचारपछि रिफर गरिएको र अन्यको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनु भयो ।

मृतक बोहराको लास पोस्टमार्टमकोलागि दाङ लगिएको र सुनारको लास जिल्ला अस्पताल खलंगामा ल्याइएको छ । साँघुरो बाटो भएको र अर्को गाडीलाई साइड दिने क्रममा जमिन भासिएपछि बस दुर्घटना भएको हुन सक्ने प्रहरीमो प्रारम्भिक अनुसन्धान छ । बसमा २१ जना सवार थिए । बस सडकदेखि करिव ७० मिटर तल खसेको थियो ।