सल्यान घर भएका श्रीमान श्रीमती दाङको बेलुवामा मृत फेला
असोज २०, सल्यान ।
दाङको तुलसीपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फलाबाङ घर भई अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय भण्डारी र उनकी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आज शनिबार बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठा भित्रै दुबैजना मृत फेला परेका हुन् । श्रीमान पंखामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
अबेरसम्म पनि नउठेपछी घरवेटीले प्रहरीलाई खबर गरेका थिए । उनीहरुबिच केही समय अगाडी मात्रै बिवाहा भएको खुल्न आएको प्रहरीले जनाएको छ । पवित्राको माइतीघर सल्यानको शारदा नगरपालिका १२ मा रहेको बताइएको छ । शुसिलले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार पवित्राको शरिरमा चोट देखिएपनी धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा