April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
सल्यानको शारदा खोलामा एक वृद्ध मृत अवस्थामा फेला

सल्यानको शारदा खोलामा एक वृद्ध मृत अवस्थामा फेला

भदौ १४, सल्यान । सल्यानको शारदा खोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन।

जिल्लाको बागचौर नगरपालिका – ४ लौराबाङका ७२ वर्षिय हरि बहादुर पुन बागचौर नगरपालिका – ५ स्थित नाउला नजिकै शारदा खोला किनारमा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पुन साेमबार बेलुका करिब ५ बजेतिर साेहि ठाउँ स्थित खरबारी भन्ने ठाउँमा भान्ज बुहारीकाे घर पुगि बेलुका ८ बजेतिर घर फर्कने क्रममा घरपरिवारबाट  सम्पर्क बिहिन भएका थिए।

आफन्तले उनको खाेजि गर्दा बागचौर नगरपालिका ५ स्थित नाउला नजिकै शारदा नदि किनारमा गए राति करिव २ बजेतिर शव फेला पारेका थिए ।

मृतक पुनले प्रायःजसो अत्यधिक मदिरा सेवन गर्ने गरेकाे परिवारले जनाएको छ ।

घटनाबारेमा जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय सिमखाेलीबाट प्रहरी नायव निरीक्षक जयराम बुढाथोकीकाे कमान्डमा तीन जना प्रहरी टाेलि घटनास्थल पुगेकाे र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय थारमारेबाट निरीक्षक कनक बहादुरकाे कमान्डमा एसओसिओ सहितकाे टाेलि घटनास्थल पुगेर  अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला  प्रहरी कार्यालय सल्यानले बताएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज