April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
सल्यानमा एक प्रहरी जवान कार्यालय नजिकै मृत  फेला

सल्यानमा एक प्रहरी जवान कार्यालय नजिकै मृत फेला

१५ चैत, सल्यान।

सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छन।

ईलाका प्रहरि कार्यालय श्रीनगर सल्यानमा कार्यरत प्रहरि जवान पवन केसि मंगलबार बिहान मृत फेला परेका हुन।

रुकुम पश्चिम मुसिकोट १३ छिबाङ घर भएका प्रहरी जवान केसिको आज बिहान ईप्रका श्रीनगरको कार्यालय नजिकै नालामा पोशाक लगाएकै अबस्थामा स्थानीय महिलाले लास देखेर पुलिसलाई खबर गरेकी हुन।

केसि गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा खटिएका थिए।

उनी आज बिहान एक्कासि मृत अबस्थामा फेला परेको प्रहरिले बताएको छ।

घटनाको यकिन कारण खुल्न नसकेपनी ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गर्न सकिन्छ र यश घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

घटनास्थलमा अहिले सल्यानका प्रहरी प्रमुख डिएसपी  सुमित खड्का सहितको टोलि पुगेको छ।