September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

मंसिर ३, सोलुखुम्बु ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा  एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए ।

रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उनले बताए। राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।