September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सल्यानमा निर्वाचन अवधीभर जात्रा, महोत्सव, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाइने

सल्यानमा निर्वाचन अवधीभर जात्रा, महोत्सव, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाइने

भुम प्रकाश भण्डारी
कार्तिक २७, सल्यान 

आजदेखी लागू हुनेगरि निर्वाचन अवधिभर सल्यान जिल्लामा मेला जात्रा, महोत्सव, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ ।

आइतबार एक सुचना प्रकाशन गर्दै प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण बनाउन निर्वाचन मतपरिणाम घोषणा नभए सम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनात्मक सम्बन्धि क्रियाकलापहरु  नगर्न अनुरोध गरेको हो ।

साथै मतदान कार्य सुरु हुनु भन्दा २४ घण्टा अगाडि देखि ग्यास, सिलिन्डर, सकेट, पाइप, प्रेसर कुकुर जस्ता विस्पोटनमा प्रयोग हुन सक्ने सामाग्रीहरुको ओसारपसार तथा बिक्रीवितरणमा पनि रोक लगाएको बताएको छ ।