फोरलेन सडक बनाउन दबाबको लागी नेपाली काङ्ग्रेस दाङ द्वारा जिल्ला प्रशासनमा ज्ञापनपत्र
निशान भट्टराई / ११ चैत, दाङ।
फोरलेन सडक बनाउन दबाब स्वरुप नेपाली कांग्रेस दाङले आज जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ।
दाङ जिल्ला नेपाली कांग्रेस जिल्ला सभापती शंकरप्रसाद डागिले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउदै तत्काल फोरलेन सडक बनाउन तदारुकता दिन आग्रह गर्नुभयो ।
फोरलेन सडक बनाउन पेटिमाथी पेटि ठेक्का दिएर सडक नबनाई दुख दिने काम गरेको भन्दै सभापती डागिले फोरलेनको नाममा डम्पिङ गरेका नदिजन्य सामग्री आफ्नो ब्यक्तिगत हिसाब किताब मिलान गर्ने कार्य आपत्तिजनक रहेको र तत्काल यो कार्य रोक्न स्थानिय प्रशासनलाई सुझाब दिनुभयो ।
फोरलेनमा काम गरेर पैसा नपाएका मजदुर, ब्यबसायलाई तुरुन्त पैसा उपलब्ध गराउन दाङ कांग्रेसले माग गर्दै पक्राउ परेका फोरलेनका ठेकेदारलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसंग माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्र जि अ रेग्मीले फोरलेन सडक जिल्लाकै गौरबको आयोजनामा भइरहेको ढिलाई प्रती कांग्रेसले खबरदारी गरेर सकारात्मक सन्देश गएको भन्दै बिकास निर्माण, सुसासनमा सबैको खबरदारी आबश्यक रहेको बताउनु भयो ।
फोरलेनका ठेकेदारमाथी जिल्ला प्रहरी कार्यालय दाङले बैंक कशुरमा अनुसन्धान गईरहेको र जिल्ला प्रशासनमा मजदुर, ब्यबसायिले हालेका उजुरि अहिले प्रहरी कार्यालयमा कानुनि कारबाहिका लागि पठाइसकेकाले कारबाही गर्ने प्रकृया अघि बढिसकेको बताउनुभयो ।
करिब ६ करोड रुपैयाँ बराबरको फोरलेनका ठेकेदारले तिर्नुपर्ने देखीएकाले यसतर्फ सबैको ध्यान रहेको उहाँले बताउनुभयो ।
लेखकको सम्वन्धमा