February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
निर्माण सामाग्रीमा अत्यधिक मुल्यवृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा धर्ना

निर्माण सामाग्रीमा अत्यधिक मुल्यवृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा धर्ना


१४ बैशाख, सल्यान।

निर्माण सामाग्रीमा अत्याधिक मुल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय सल्यानमा धर्ना दिएका छ्न।

अत्याधिक मुल्यबृद्धिमा म्याद थप,सार्वजनिक खरिद सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि आफ्ना मागहरुमा सुनुवाई नभएको हुँदा देशभरबाट शान्तिपुर्ण बिरोधका कार्यक्रमहरु गरेको उनिहरुको भनाई छ । 

 निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्य बृद्धि र पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका कारण  काम नै गर्न नसक्ने अवस्था आएपछि बिरोध प्रदर्शनका कार्यक्रम अगाडी बढाइएको धर्नामा सहभागीहरुको भनाइ छ ।

नियमावली २०६४ को एघारौ संशोसधनका केही कानुनी प्राधवानमा भएको त्रुटी, बिमा निर्देशिका लगायतको बिरोधमा शान्तिपुर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए ।

अहिले सामान्य धर्नाका कार्यक्रम गरेको र यदि सरकारले आफ्नो माग बारे प्रष्ट नभए देशभर  बिकास निर्माण काम ठप्प पार्ने र आन्दोलनका कार्यक्रम अगाडी बढाउने निर्माण व्यवसायीहरुको भनाई छ । 
 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज