September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
नेकपा उत्तर सल्यान कुमाख गाउँपालिका कमिटीको दोस्रो बैठक सम्पन्न

नेकपा उत्तर सल्यान कुमाख गाउँपालिका कमिटीको दोस्रो बैठक सम्पन्न

भदौ २२, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी उत्तर सल्यान जिल्लाकाे कुमाख गाउँपालिका कमिटीकाे दोस्रो बैठक सम्पन्न भएको छ ।

पालिकाकाे केन्द्र रागेचाैर बजारमा सम्पन्न भएको बैठकले संगठन, संघर्ष तथा आर्थिक एजेन्डाहरुमा छलफल गरेर निर्णय गरेको पार्टीका जिल्ला सदस्य तथा कुमाख गाउँपालिका सह-इन्चार्ज कमरेड गणेश चन्द सीले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिका कमिटीका सचिव कमरेड अनिल राेकाया सीकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथिकाे रुपमा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्लाका इन्चार्ज कमरेड भीम भारती सीकाे उपस्थिति रहेको थियो ।

बैठकमा पार्टीका उत्तर सल्यान जिल्ला कमिटी सचिवालय सदस्य तथा कुमाख गाउँपालिका इन्चार्ज कमरेड माेहन पुरुष सी, जिल्ला सल्लाहकार कमिटीका सदस्य कमरेड जीतेन्द्र सी, कुमाख गाउँपालिका कमिटीका सल्लाहकार सदस्यहरु कमरेड परवीर सी, दलजित सी लगायतकाे विशेष उपस्थिति रहेकाे थियो ।

बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीम भारती सीले पार्टीको केन्द्रीय याेजना तथा पार्टी केन्द्रले तय गरेको दस्तावेजमा आधारित रहेर पार्टी प्रशिक्षण गर्नु भएको थियो ।
बैठक पछि पार्टीका गाउँपालिका इन्चार्ज कमरेड माेहन पुरुष सीकाे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कुमाख गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालय र इलाका प्रहरी कार्यालय रागेचाैर गएर शनिबार तथा सार्वजनिक बिदाकाे दिन सरकारी यातायातका साधनहरु चरम रुपमा दुरुपयोग भएको र यसको नियन्त्रण गर्न ध्यानाकर्षण गराएको थियो ।

यातायातका सरकारि साधनहरु शनिबार तथा सार्वजनिक बिदाकाे दिन दुरुपयोग हुन नछाडे आफ्नो पार्टी निकट युवा संगठन तथा जनस्वयमसेवकहरुले नियन्त्रणमा लिएर प्रहरिलाई बुझाउन बाध्य हुने जानकारी गराएकाे पार्टीका कुमाख गाउँपालिकाका वरिष्ठ सदस्य कमरेड गाेकर्ण शाही सीले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज