May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानको त्रिवेणिमा एमालेको भेला : अधिवेशन आयोजक कमिटी गठन

सल्यानको त्रिवेणिमा एमालेको भेला : अधिवेशन आयोजक कमिटी गठन

साउन २२, सल्यान ।

सल्यानको त्रिवेणि गाउँपालिकामा नेकपा एमालेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार लुहाममा एमाले त्रिवेणिको पार्टी कमिटी र पार्टीको भात्री संगठन राष्ट्रिय युवा संघ नेपालको भेला सम्पन्न गरिएको एमाले त्रिवेणिले जनाएको छ ।

भेलाले एमाले त्रिवेणि गाउँपालिका कमिटि र युवा संघ पालिका कमिटीको अधिवेशन आयोजक कमिटी पनि सर्वसम्मत रुपमा चयन गरेको छ । धनराज तुफान संयोजक र हस्त राम्जा सह संयोजक रहेको ३३ सदस्यीय एमाले पार्टीको अधिवेशन आयोजक कमिटी गठन गरिएको एमाले सल्यानका सचिवालय सदस्य तथा त्रिवेणि गाउँपालिका इन्चार्ज बुद्धि केसीले जानकारी दिए । यस्तै सुरेश नेपाली संयोजक र याम कुमार घर्ती सहसंयोजक रहेको २१ सदस्यीय युवा संघ अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

भेलामा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले बाटो बिराएकाहरु सबै मुलद्वारमा आउने क्रम बढिरहेको भन्दै एमाले कहिलै पनि कमजोर नबन्ने धारणा व्यक्त गरे । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले विकास र समृद्धिका लागि एमालेकै नेतृत्व जरुरी रहेको भन्दै यो विषयलाइ आम नागरिकले राम्रो संग बुझेको बताए ।

यस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, एमाले सल्यानका सचिवालय सदस्य तथा त्रिवेणि गाउँपालिका इन्चार्ज बुद्धि केसी, जिल्ला कमिटी सदस्यहरु खिम बहादुर शाह, खडग शाही, कपुरकोट गाउपालिका कमिटी अध्यक्ष द्रोण केसी, युवा संघ प्रदेश कमिटि सदस्य डिल्ली खड्का, जिल्ला सचिव प्रवीण घर्ती, उपसचिव दिलिप रावत, सल्लाहकार सदस्य चेत बहादुर पुन, युवा संघ सल्यान (ख) का संयोजक दिपक दाहाल, त्रिवेणि २ का वडा अध्यक्ष हस्त राम्जा लगायतले बोल्दै भ्रष्टाचार, अनियमितता र गलत कार्यका विरुद्ध एमालेका हरेक नेता कार्यकर्ता शसक्त ढंगले उपस्थित उनुपर्नेमा जोड दिएका थिए ।

एमाले त्रिवेणिका सचिव धनराज तुफानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य शालिकराम थापाले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण चोप बहादुर केसीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज