September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानमा ट्याक्टर दुर्घटना : १ को मृत्यु २ गम्भीर घाइते

सल्यानमा ट्याक्टर दुर्घटना : १ को मृत्यु २ गम्भीर घाइते

असार २०, सल्यान ।

सल्यानमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन ।

बुधबार बिहान करिब ७:३० बजेको समयमा जिल्लाको बागचौर नगरपालिका २ थारमारे बजारबाट सिमेन्ट बोकेर बागचौर नगरपालिका १ ठिनबाँङज्युला तर्फ जादै गरेको रा १ त ३२६३ नं. ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुदा ड्राइभर सहित सवार ३ जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये एक जनाको उपचारकोलागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा बागचौर नगरपालिका १० पिपलनेटाका ५० बर्षीय लाल बहादुर बि.क. रहेका छन । उनलाइ उपचारकोलागि जिल्ला अस्पताल सल्यानमा पठाएकोमा थप उपचारकोलागि नेपागन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव अहिले जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ ।

त्यस्तै घाइते हुनेहरूमा चालक बागचौर नगरपालिका १ गैराबेदका २४ बर्षीय युवराज रोकाया र सोही ठाउँका ४५ बर्षीय कालिबहादुर बस्नेत रहेका छन ।

घाइते मध्ये चालक रोकायको नेपालगन्जमा उपचार भइरहेको र बस्नेतको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज