March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानमा ट्याक्टर दुर्घटना : चालक घाइते

सल्यानमा ट्याक्टर दुर्घटना : चालक घाइते

 

फागुन २९, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुदा चालक घाइते भएका छन ।

जिल्लाको शारदा नगरपालिका १२ चिउरीखोला नजिक दुर्घटना हुदा ट्याक्टर चालक शारदा नगरपालिका १ श्रिनगरका २८ बर्षीय कृष्ण बि.क. घाइते भएका हुन ।

सोमबार करिब ७ बजेको समयमा चिउरी खोलाको खानेपानि आयोजनाको वालुवा लोडगरि रेशमज्युलाबाट चिउरिखोला तर्फ जादै गरेको रा १ त २१४९ नं. को ट्याक्टर ओरालोमा ब्रेक फेल हुन गइ दुर्घटना भएको हो ।

दुर्घटनामा चालकको दाहिने खुट्‍टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घाइते चालकको  श्रिनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज