June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
रोल्पाबाट सल्यान आउदै गरेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

रोल्पाबाट सल्यान आउदै गरेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

माघ ०१, सल्यान । रोल्पाबाट सल्यान आउदै गरेको ट्रयाकर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।

रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा न. ४ सिस्नेचार पाखापानीबाट सल्यानको बागचौर तर्फ सडक निमार्णको तेल ल्याउन खाली ड्रम लिएर जादै गरेकाे रा १ त ४१६१ नम्बरकाे ट्रयाकटर शुक्रबार साझ करिब ६ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

मृत्यु हुनेमा गंगादेब गाँउपालिका – ७ धपरी बस्ने ट्रयाकर चालक २० वर्षिय अमर वली रहेका छन उनकाे घटनास्थलमै मृत्यु भएको हाे ।

घाइते हुनेमा गंगादेव गाँउपालिका – ७ धपरी बस्ने ट्याक्टर सहचालक अन्दाजी १७ वर्षिय  रेग बहादुर केसी र ट्रयाक्टरमा सवार गंगादेव गाँउपापलिका वडा न. ४ मुरचुला पाखापानी बस्ने अन्दाजी २२ वर्षिय वीर बहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।

घाइतेलाई स्थानिय र प्रहरी चौकि सिमखोला पाखापानीबाट प्रहरी सहायक निरीक्षक याेगेन्द्र पुनकाे कमान्डमा खटिएको प्रहरीको टोली उद्धार गरि दाङ पठाएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईकाे कमान्डमा प्रहरी खटिएको प्रहरी निरीक्षक भुसालले बताए ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज