June 16, 2026, Tuesday
२०८३ असार ३, बुधबार
गंगादेब गाउँपालिकाका रोल्पाका इन्जिनियर ५० हजार घुस रकम सहित पक्राउ

गंगादेब गाउँपालिकाका रोल्पाका इन्जिनियर ५० हजार घुस रकम सहित पक्राउ

असार २४, रोल्पा। रोल्पाको गंगादेब गाउँपालिकामा कार्यरत इन्जिनियर नवीन डाँगी ५०,००० रकम घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छ्न।

सेवाग्राहिबाट लिएको ५० हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले इन्जिनियर डाँगीलाइ पालिकाको स्वास्थ्य शाखाको भबनमा रहेको निवासबाट रङ्गेहात पक्राउ गरेको हो ।

मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वाफत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले डाँगीलाई पक्राउ गरेको हो।

स्रोतका अनुसार पक्राउ परेका ईञ्जिनियर डाँगीमाथि थप अनुसन्धान अघि बढाइएको छ ।