April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
अखिल क्रान्तिकारी कुमाख गाउँपालिकाकाे पहिलो सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी कुमाख गाउँपालिकाकाे पहिलो सम्मेलन सम्पन्न

असार १०, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टीको सल्यान जिल्लामा संचालित अभियान, जनताको सुखदुःखकाे साथि, नेपाल कम्युनिस्ट पार्टी ‘जनएकता अभियान २०८०’ अन्तर्गत पार्टीकाे भ्रातृसंगठन अखिल(क्रान्तिकारी) कुमाख गाउँपालिकाकाे पहिलो सम्मेलन सम्पन्न भएको छ ।

आइतबार गाउँपालिकाकाे जनता माध्यमिक विद्यालय रागेचाैरमा भएको क्रान्तिकारी विद्यार्थीहरुकाे पहिलो सम्मेलनले मदन परियारकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

कुमाख गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा रहेका क्रान्तिकारी विद्यार्थीका इकाइहरुबाट सहभागी भएका विद्यार्थीहरुकाे पहिलो सम्मेलनबाट उपाध्यक्ष प्रविण बुढाथोकी, सचिव झरणा बिश्वकर्मा सह-सचिव तिलक बिश्वकर्मा काेषाध्यक्षमा छाया बुढाथोकी निर्वाचित रहेका छन् । निर्वाचित सदस्यहरु कृष्ण बहादुर बुढाथोकी, झरणा राना, चेतना बुढाथोकी, दलविर बिश्वकर्मा, पुष्पा राना रहेका छन् ।

कमिटी पाँच सदस्य पछि थपिने अखिल (क्रान्तिकारी) कुमाखले बताएको छ । क्रान्तिकारी विद्यार्थीहरुकाे साे पहिलो गाउँ सम्मेलनलाई नेपाल कम्युनिस्ट पार्टी सल्यानका सचिव कमरेड मदन सी, अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष दीपक खडका, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य कमरेड प्रकाश गिरि, नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिकाका सचिव कमरेड अनिल सी लगायतले शुभकामना तथा प्रशिक्षण तथा शुभकामना दिनु भएको थियोे ।

क्रान्तिकारी विद्यार्थीहरुकाे साे पहिलो गाउँ सम्मेलनलाई नव निर्वाचित अध्यक्ष मदन परियारले अध्यक्षता गर्नु भएको थियो । झरणा बिश्वकर्माले संचालन गरेको साे सम्मेलमा प्रविण बुढाथोकीले उपस्थित विद्यार्थी तथा अतिथिहरुलाई स्वागत मन्तव्य दिएर स्वागत गर्नु भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज