March 3, 2024, Sunday
२०८० फाल्गुन २०, आईतवार
नेकपा सल्यानले गर्‍यो जन एकता अभियान सुरु

नेकपा सल्यानले गर्‍यो जन एकता अभियान सुरु

जेठ २६, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लामा जन एकता अभियान सुरु गरेको छ ।

‘जनताको सुख दुःखकाे साथि, नेपाल कम्युनिस्ट पार्टी’ भन्ने मुल नाराका साथ नेकपा सल्यानले साे अभियान सुरु गरेको हाे ।

अभियानकाे उदघाटन कपुरकाेट गाउँपालिकाबाट गरिएको छ। जन एकता अभियानकाे उदघाटनकाे दिन बिहिबार कपुरकाेट गाउँपालिकामा भएको पार्टीको भेलाबाट कमरेड बसन्त सीकाे संयाेजकत्वमा ९ सदस्यीय कपुरकाेट गाउँ सम्मेलन आयाेजक समिति गठन गरिएको छ ।

अभियान उदघाटन कार्यक्रममा पार्टीका उत्तर सल्यान जिल्ला इन्चार्ज कमरेड अनिल सी, जिल्ला सचिव कमरेड वीरबहादुर सी लगायतका नेताहरुकाे उपस्थित रहेकाे नेकपा सल्यानले बताएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज अनिल सीले, नेपालमा देशकाे माटो सुहाउँदो वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु नेपाली जनताको आजको मुख्य कर्तव्य भएको बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज